परिषद्को केन्द्रीय कार्यकारिणी समितिको बैठक सम्पन्न हुँदै । प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको यही मंसीर १९ र २० गते सुन्दर पर्यटकीय नगरी पोखरामा केन्द्रीय कार्यकारिणी समितिको बैठक समपन्न हुँदैछ । उक्त बैठकमा विभिन्न सांगठनिक, विषयका साथै देशको समसामयिक विषयमाथि व्यापक बहस् एवं चर्चा गर्दै विभिन्न राष्ट्रिय महत्वका विषयमाथि निर्णय हुनेछन् । उक्त बैठकबाट देशको शिक्षा, समसामयिक अवस्था आदि विषयमा महत्वपूर्ण प्रस्तावहरू समेत पारित हुनेछन् । साथै परिषद्का आगामी कार्यक्रम, सांगठनिक रणनीतिका साथै देशको संविधान निर्माणको प्रक्रियालाई गतिदिनका लागि विभिन्न राष्ट्रिय कार्यक्रमको बारेमा समेत योजनाहरू बन्नेछन्
0 comments:
Post a Comment