रमेश कण्डेल
राष्ट्रिय महासचिव
आफ्नो जीवन सुखी र सार्थक बनाउने कल्पना हामी सबैमा हुन्छ । जीवनमा सुख प्राप्त होस्, शान्ति मिलोस्, सुरक्षाको प्रत्याभूति होस्, जीवनमा गास–वास–कपासको राम्रो व्यवस्था होस् हामी सबैले कल्पना गरेका हुन्छौँ । साथै आफूँ बसेको समाजमा शान्ति, अहिंसा एवं सुरक्षा होस्, विकास निर्माणका कार्य एवं स्वास्थ्य, खानेपानी, बिजुली, शिक्षा लगायतका आधारभूत सुविधा सहजै प्राप्त होस् त्यो पनि हामी सबैको अपेक्षा रहेको हुन्छ । साथै राष्ट्र स्वाभिमानी होस्, समृद्ध एवं शान्त होस्, राष्ट्रको छुट्टै पहिचान होस्, त्यो सम्पूर्ण जनताको अपेक्षा एवं कल्पना भित्र रहेको हुन्छ तर बिडम्बना नेपाल सदियाँैँ देखि स्वाभिमानी, स्वतन्त्र, भू–परिवेश्ठित एवं स्वशासित राष्ट्र हुँदा हुँदै पनि आज नेपाली जनताले अपेक्षा गरेका माथिका सम्पूर्ण कुराहरूबाट बञ्चित हुनु परिरहेको छ । यसको महत्वपूर्ण कारण हाम्रो राष्ट्र स्वाभिमानी एवं स्वतन्त्र हुँदा हुँदै पनि भित्री कलह, राजनीतिक उतार चढाव एवं अस्थीर राजनीति नै हो । राणाकाल देखि नै हेर्ने हो भने कुनै न कुनै शक्तिलाई परास्त गर्नका लागि अर्काे शक्तिको उदय, त्यो शक्तिको एकछत्र शासन, पुनः त्यो शक्तिलाई परास्त गर्न एवं हटाउनका लागि अर्काे शक्ति एवं रितले देश एवं देशको राजनीतिक उतार चढाव अगाडि बढ्दै गयो जसको कारण देशको नेतृत्वले विकास निर्माण एवं समृद्धिका विषयमा भन्दा पनि राजनीतिक निकास एवं स्थीरताका लागि बर्षौँ खर्चिए । परिणाम स्वरूप देशमा कैँयौँ राजनीतिक अभ्यास गरिरहँदा देशको आर्थिक, सामाजिक, शैक्षिक, सांस्कृतिक एवं भौतिक विकासका कुराहरू पछाडि पर्दै गए र सिंगो नेपाल र नेपाली समृद्धिको बाटोबाट धेरै पछाडि धकेलियौँ ।
देशमा बढिरहेका उतार चढाव एवं राजनीतिक अभ्यासको बीचमा नयाँ सोच, नयाँ दृष्टिकोण एवं जीवन्त लक्ष्यका साथ प्राज्ञिक विद्यार्थी परिषद्, नेपालको स्थापना २०५२ सालमा भयो यद्यपि यसको आधिकारिकता भने २०५४ सालमा मिल्यो । विद्यार्थी परिषद्को परिकल्पना गरिँदै गर्दा, समाजमा यसको महशुस हुँदै गर्दा व्यापक बहस् एवं चिन्तन भयो । सबैले समाज एवं राष्ट्रको दूरावस्था एवं परिस्थिति देखेर चिन्ता प्रकट गरिरहेको बेलामा परिषद्को त्यो समूहले नयाँ चिन्तनको प्रारम्भ ग¥यो र आफ्नो दिशा तय ग¥यो, समाजको परिवर्तनका लागि, राष्ट्रको पुनर्निर्माणको लागि । जतिखेर विद्यार्थी परिषद्को स्थापना भयो, विद्यार्थी परिषद्को एउटै विश्लेषण÷ं अध्ययन एवं निष्कर्ष रह्यो ः यदि समाजमा भएका सम्पूर्ण समस्या, विकृति, चुनौती र राष्ट्रिय परिस्थित तथा दूरावस्था छ त्यसको प्रमुख घटक एवं कारक भनेको व्यक्ति नै हो चाहे त्यो नेतृत्व गर्ने होस्, चाहे प्रशासन, सुरक्षा आदि सञ्चालन गर्ने । त्यसकारण परिषद्ले तय ग¥यो यदि समाजलाई परिवर्तन गर्नु छ, राष्ट्रलाई समृद्धिको दिशातर्फ अगाडि बढाउनु छ भने एक मात्र विकल्प र माध्यम भनेको व्यक्ति निर्माण नै हो । त्यसकारण परिषद्ले व्यक्ति निर्माणको माध्यमबाट समग्र राष्ट्र पुनर्निर्माणको लक्ष्य तय ग¥यो र सोही लक्ष्य प्राप्तिको दिशातर्फ स्थापनाकाल देखि नै आफ्ना
पाइलालाई चाल्दै निरन्तर अगाडि बढिरह्यो ।
उच्च शिक्षामा अध्ययन गर्ने विद्यार्थी, शिक्षक र शिक्षाविद् यी तीन समूहलाई यदि हामीले समयमा नै अनुशासन, चरित्रता, नैतिकता र राष्ट्रिय दृष्टिकोण प्रदान गर्न सक्यौँ भने मात्र राष्ट्रका हरेक संयन्त्रमा असल व्यक्ति पुग्न सक्दछ , त्यसैकारण परिषद्ले आफ्नो कार्यलाई क्याम्पस एवं विश्वविद्यालयमा केन्द्रित गर्दै विभिन्न प्रशिक्षण, गोष्ठी, सेमिनार एवं प्रतियोगितात्मक कार्यक्रमहरूको माध्यमबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि उपर्युक्त वातावरण निर्माण गर्दै जीवनको छोटो समयमा विद्यार्थीमा रचनात्मक दृष्टिकोण एवं सकारात्मक सोचको बीजारोपण गर्ने कार्यमा परिषद् निरन्तर लागि रह्यो ।
आज समाजमा हरेक क्षेत्रमा बढ्दै गइरहेको दलीय राजनीति, बढ्दै गइरहेका राजनीतिक संगठन एवं उनीहरूको समाजमा बढदै गइरहेको प्रभाव तथा राष्ट्रिय राजनीतिमा उनीहरूको भूमिकाको विश्लेषण गर्दा परिषद्ले निश्चय ग¥यो कि समाजमा एक स्वतन्त्र संगठनको आवश्कता छ, स्वतन्त्ररूपमा समग्र समाज र राष्ट्रको बारेमा चिन्तन गर्न सक्ने, युवालाई राष्ट्रिय चरित्र र दृष्टिकोणको विकास गराउन सक्ने संगठनको आवश्यकता महशुस परिषद्ले ग¥यो । साथै देशको हीत विपरित कुनै दल या कसैले पनि गलत गर्दा वैचारिक आन्दोलन खडा गर्न सक्ने, नैतिक दबाव सिर्जना गर्न सक्ने र उनीहरूलाई खबरदारी गर्न सक्ने वैचारिक संगठनको अभाव परिषद्ले महशुस गर्दै सो भूमिका निर्वाह गर्न सक्ने नैतिकवान् र जिम्मेवार विद्यार्थी संगठन खडा गर्ने दृढ संकल्पका साथ परिषद्ले सदैव आँफूलाई दलीय राजनीति र दलीय राजनीतिक हस्तक्षेपबाट अलग राख्ने विशेषता तय ग¥यो र सोही दिशातर्फ अगाडि बढिरह्यो । जसको परिणाम स्वरूप यो १८ वर्षे यात्रामा परिषद्ले आफूँलाई एक स्वतन्त्र जिम्मेवार एवं नैतिकवान् विद्यार्थी संगठनको रूपमा विकसित ग¥यो र सोहीरूपमा समाजमा परिचय स्थापित ग¥यो साथै समाजमा यसको आवश्कताको महशुस गरायो ।
दलगत राजनीतिबाट अलग राख्दै, शैक्षिक परिवारको कल्पनामा आधारित रहेर युवामा नैतिकता, चरित्रता जस्ता गुणको विकासका साथ कार्य गर्दै अगाडि बढ्दै जाँदा यो छोटो समयमा परिषद् देशका ४० भन्दा बढि जिल्ला एवं ३०० भन्दा बढि क्याम्पस तथा उच्च मा.वि.हरूमा विस्तार हुन सफल भयो । यो क्रममा परिषद् मात्र आफ्नो संगठन विस्तारमा सक्रिय रहेन । ती जिल्लाका÷कलेजका लाखौँ युवाहरूको व्यक्तित्व विकास एवं नेतृत्व विकासका लागि वातावरण सिर्जना गर्दै उनीहरूमा अनुशासन, नैतिकता,चरित्रता तथा राष्ट्रिय दृष्टिकोणको विकास गरायो जसको परिणाम स्वरूप आज ती कार्यकर्ता देशका सुरक्षा/शिक्षा/प्रशासन लगायतका निकायहरूमा कुशलताका साथ आफ्नो क्षमतालाई प्रस्तुत गरिरहेका छन् ।
समाज एवं राष्ट्रमा भएका समस्याको बारेमा चिन्ता प्रकट गर्दैमा, समस्याको सूची तयार गर्दैमा, अर्कालाई गालि गलौज गरेर दोष थुपार्ने काम गर्दैमा, राजनीतिक आरोप प्रत्यारोप गर्दैमा र राजनीतिक दललाई गाली गर्दैमा मात्र देश एवं समाज कहिल्यै पनि समृद्ध बन्न सक्दैन त्यसका लागि पहिले हामी स्वयं व्यक्तिमा परिवर्तन गर्नु आवश्यक छ, हाम्रो सोचमा, हाम्रो दृष्टिकोणमा, हाम्रो व्यवहारमा यदि परिवर्तन गर्न सकियो भने मात्र राष्ट्र परिवर्तनको दिशातर्फ अगाडि बढ्न सक्दछ यही मान्यतालाई आत्मसाथ गर्दै परिषद्ले व्यक्ति निर्माणको कार्यलाई नै राष्ट्र पुनर्निर्माणको आधारशीला मान्दै अगाडि बढि रह्यो ।
युवामा आफ्नो इतिहास, पुर्खा, देशका महापुरुष, देशको मौलिकता, देशको पहिचान, संस्कृति, परम्परा आदि प्रति सुसूचित गर्दै उसलाई यी सबैप्रति गर्व गर्न सक्ने वातावरण सिर्जना गर्नका लागि परिषद्ले यो देशको सनातन विचारलाई नै आफ्नो वैचारिक अधिष्ठान मान्यो साथै यही देशका बुद्ध, जनक, भृकुटी, सीता, अरनिको जस्ता महापुरुषलाई आफ्ना आदर्श व्यक्ति मान्दै र ज्ञान, शील र एकता लाई आफ्ना आदर्श वाक्य मान्दै कार्यलाई अगाडि बढाइरहेको छ ।
विगतमा समाजमा कार्य गर्दै जाँदा देशको मौलिक संस्कृतिको कुरा गर्दा, राष्ट्रिय विभूतिका बारेमा चर्चा गर्दा, देशको इतिहासको बारेमा आवाज खडा गर्दा परिषद्लाई कहिले राजावादीको आरोप लगाइयो, कहिले धार्मिक संगठनको आरोप लगाइयो तर पनि परिषद्ले यी र यस्ता अनावश्यक झुठा र आरोप प्रत्यारोप प्रति कहिल्यै ध्यान केन्द्रित गरेन र आफ्नो व्यक्ति निर्माणको यात्रामा निरन्तर अगाडि बढिरह्यो र आज यो १८ वर्षको यात्रा पार गरिसक्दा हिजोका ती झुठा आरोपबाट अलग हुँदै परिषद्ले समाजमा नयाँ परिचय स्थापित गरेको छ । नेपालको एक मात्र स्वतन्त्र विद्यार्थी संगठन
यो १८ वर्षको यात्रामा परिषद् आफ्नो सांगठनिक कार्यमा मात्र नलागी एक स्वन्त्र एवं जिम्मेवार संगठनको नाताले राष्ट्रका हरेक राष्ट्रिय महत्वका गतिविधिहरूमा आफूँलाई समाहित ग¥यो । २०६२/०६३ सालको जन आन्दोलनलाई सफल पार्नका लागि परिषद्का हजारौँ युवाहरू त्यसमा सहभागि बने, समाजलाई जागृत गर्ने कार्यमा लागिरहे । २०६४ होस् या २०७० मा सम्पन्न संविधानसभाको चुनाव किन नहोस् त्यसमा परिषद्ले आफ्नो सशक्त भूमिका निर्वाह ग¥यो, देशभर संविधान एवं संविधानसभाको महत्वको बारेमा जानजागरण अभियान सञ्चालन ग¥यो, संविधानसभाको चुनावलाई स्वच्छ, मर्यादित र भयरहित बनाउनका लागि परिषद्ले अहम् भूमिका प्रस्तुत ग¥यो । २०६४ सालमा मधेशमा चर्किएको आन्दोलनले तराईमा सिर्जना गरेको गम्भीर अवस्था, पहाडे र मधेशेका नाममा चर्किएका नाराबाजी एवं विभेदलाई रोक्न एवं बिग्रँदो सामाजिक सहिष्णुता र सद्भावलाई कायम गर्नका लागि परिषद्ले “हिमाल, पहाड, तराई–कोही छैन पराई÷हामी सबै दाजुभाई”को नारा लिएर देशभर सौह्रार्द यात्रा निकाल्यो, समाजलाई जागृत ग¥यो बिग्रिरहेको सामाजिक वातावरणलाई पुनः कायम गर्ने दिशातर्फ अग्रसर रहिरह्यो । “हिमाल पहाड तराई–कोही छैन पराई÷हामी सबै दाजुभाई” जस्ता नारालाई स्थापित समेत ग¥यो । त्यसैगरी शिक्षाक्षेत्रमा बढ्दो व्यापारिकरण, बढ्दो राजनीतिक हस्तक्षेप एवं अराजकतालाइृ कम गर्ने तथा नैतिक एवं व्यवहारिक शिक्षा जस्ता विषयलाई पाठ्यक्रममा समावेश गर्नका लागि २०६५ सालमा राम्रो र समृद्ध नेपाल निर्माणका लागि हाम्रो पाठ्यक्रम भन्ने नाराका साथ परिषद् देशभर बृहत् अभियानमा निस्कियो, यसक्रममा हस्ताक्षर संकलन अभियान, गोष्ठी, ¥याली, सुझाव संकलन जस्ता गतिविधिमार्फत् ३८ बुँदे ज्ञापनपत्र तयार ग¥यो । जसलाई २०६५ चैत्र १४ गते काठमाडौँमा सम्पन्न शिक्षाा, आर्थिक विकास र राष्ट्रिय एकता का लागि सञ्चालन गरिएको विशाल ¥याली पश्चात् तत्कालीन, प्रधानमन्त्री, शिक्षामन्त्री, विश्वविद्यालय लगायतका स्थानमा पेश गर्ने कार्य ग¥यो । जसको परिणाम स्वरूप शिक्षामा नैतिक शिक्षा लागू गर्ने कुरा एवं स्वतन्त्र विद्यार्थी युनियनमा उमेद्वारको २८ वर्षको समयसिमाको हदबन्दी तथा नियमित विद्यार्थी मात्र चुनाव लड्न पाउने नीति विश्वविद्यालयले तय ग¥यो । यो परिषद् एवं सिंगो शिक्षाक्षेत्रका लागि महत्वपूर्ण उपलब्धि हो । साथै २०६७ सालमा देशमा समयमा नै संविधान निर्माणमा ढिलाई भइरहेको अवस्थामा सम्पूर्ण राजनीतिक दल, सरकारी संयन्त्र एवं संविधानसभालाई समयमा संविधान निर्माण लािग दबाव सिर्जना गर्ने उद्देश्यले संविधान निर्माणका लागि जनजागरण एवं दबाव अभियान सम्पन्न ग¥यो, देशका प्रमुख १२ स्थानमा विशाल ¥यालीहरू सम्पन्न ग¥यो, स्थानीय युवा, बुद्धिजीवी एवं जनताका माग एवं सुझावलाई संविधानसभासमक्ष पु¥याउनका लागि स्थानीय प्रशासन मार्फत् ज्ञापनपत्र बुझाउने कार्य ग¥यो जसको परिणाम स्वरूप विभिन्न सामाजिक संघसंस्था एवं संगठनहरूसंविधानसभा, संवैधानिक निकाय तथा राजनीतिक दललाई दबाव सिर्जना गर्नका लागि सक्रिय हुन थाले ।
देशमा बढ्दै गइरहेका जातीयता÷क्षेत्रीयताका नारा, जातीय संघीयताका विषय र यसले भविष्यमा राष्ट्रमा निम्त्याउने खतरालाई विश्लेषण एवं अध्ययन गरी परिषद् एकल जातीय संघीयताको विरुद्धमा खडा भयो, समाजलाई सो विषयमा जागृत गर्ने कार्य ग¥यो, राजनीतिक दलहरूलाई खवरदारी गर्ने कार्य गरिरह्यो । देशभर सो विषयमा बहस् सञ्चालन ग¥यो र २०६९ सालको बैशाख र ज्येष्ठ महिनामा ४५० भन्दा बढि सभासद्, संवैधानिक निकायका प्रमुख, राजनीतिक दलका प्रमुख, सरकारी संयन्त्रलाई प्रत्यक्ष भेटघाट गरी देशलाई जातीयताको आधारमा संघीयतामा नलैजानका लागि दबाव स्वरूप ऐतिहासिक सात बुँदे सुझाव पत्र–२०६९ बुझायो, देशमा सडक तातिरहेको अवस्थामा परिषद्ले सशक्त वैचारिक बहस् एवं आन्दोलन खडा ग¥यो जसको परिणाम स्वरूप समग्र राष्ट्र जातीय संघीयताको दलदलमा फस्नबाट बच्यो । यो हामी सम्पूर्ण नेपालीका लागि ऐतिहासिक उपलब्धिको विषय हो ।
आफ्नो यात्रालाई अगाडि बढाउने क्रममा आज हामी आफ्नो पाँचौँ राष्ट्रिय अधिवेशनलाई वीरगञ्जमा सफलताका साथ सम्पन्न गर्दै ऐतिहासिक बनाइसकेका छौँ । समाज एवं राष्ट्रलाई कुनै आन्दोलन, तोडफोड र नरसंहार विना रचनात्मक कार्य, सकारात्मक दृष्टिकोण एवं वैचारिक आन्दोलनको माध्यबाट सकारात्मक दिशा प्रदान गर्नु आफँैमा चुनौतीपूर्ण कार्य हो । देशमा भौतिकताको विकास सँगै मानिसमा बढ्दै गइरहेको व्यक्तिपरक चिन्तन, स्वार्थ, भौतिकताको उपभोग जस्ता विषयबाट प्रेरित युवामा त्यागपूर्ण समाजकार्य, राष्ट्रिय जिम्मेवारी र दृष्टिकोण प्रदान गर्दै उसलाई राष्ट्र कार्यमा प्रेरित गर्नु आँफैमा कम चुनौतीपूर्ण कार्य होइन, देशमा भएका अनेकौँ राजनीतिक संगठन र उनीहरूले युवालाई सिकाएका कुसंस्कार र कुकार्यमा प्रदान गरेको प्रेरणा त्यसैगरी हजारौँ एन.जि.ओ एवं सयौँ ए.जि.ओले युवामा निर्माणको गरेको भत्ता प्रवृत्ति र ठग प्रवृत्तिबाट युवालाई अलग राख्दै उसमा अनुशासन, चरित्रता, नैतिकता र जिम्मेवारी जस्ता गुणको विकास गराउनु आफँैमा कम चुनौतीपूर्ण कार्य होइन । एउटा युवालाई विना आर्थिक स्वार्थ, व्यक्तिगत स्वार्थ र विना दलगत राजनीतिक स्वार्थ उसलाई संगठनमा आबद्ध गराउँदै उसको बौद्धिक एवं सामाजिक विकासमा टेवा पु¥याउँदै व्यक्तिलाई राष्ट्रिय स्वार्थका लागि सक्रिय गराउनु आँफैमा चुनौतीपूर्ण कार्य होइन तर परिषद्ले यी सबै चुनौतीलाई स्वीकार ग¥यो, यी सबै चुनौतीलाई आत्मसात ग¥यो र आफ्नो कार्यलाई अगाडि बढाइरह्यो । यिनै चुनौतीलाई आफ्नो कार्यको मूल लक्ष्य मान्दै कार्य गरिरहँदा समाजमा आज प्राज्ञिक विद्यार्थी परिषद्, नेपाल असल, चरित्रवान्, नीतिवान् अनुशासित एवं राष्ट्रिय दृष्टिकोण युक्त व्यक्ति निर्माणको दरिलो आधारशिला बनिरहेको छ ।
देशको इतिहास, संस्कृति, मौलिकता, जातीय संस्कृति, परम्परा र भेषभूषा, महापुरुष, विभूतिहरू, शहीद, प्राकृतिक सम्पदा, सांस्कृतिक सम्पदा आदि सबैलाई केन्द्र विन्दु मान्दै यिनै कुरालाई आफ्नो कार्यको आधारशिला एवं प्रेरणा मान्दै कार्य गरिरहँदा र समाज र राष्ट्रपुनर्निर्माणको कार्य गरिरहँदा परिषद्ले आज आफूँलाई राष्ट्रिय संगठनको रूपमा परिभाषित एवं स्थापित गरिसकेको छ ।
यसरी देशका विभिन्न क्षेत्र एवं विषयहरूप्रति चिन्तन एवं विभिन्न गतिविधि सञ्चालन गर्दै अगाडि बढिरहँदा १८ वर्षको इतिहास परिषद्ले रचिसकेको छ र परिषद्को कार्य समाज एवं राष्ट्रपुनर्निर्माणको लागि निरनन्तरको कार्य हुँदा यसमा सयौँ कार्यकर्ता राष्ट्रिय दृष्टिकोणका साथ कार्यमा व्यस्त छन् । साथै कयौँ कार्य देशका विभिन्न क्षेत्रमा गएर कार्य गरिरहहेका छन् । हामीलाई पूर्ण विश्वास छ व्यक्ति निर्माणको माध्यमबाट नै हामीले राष्ट्रको पुनर्निर्माण एवं सम्पूर्ण समस्याको समाधान खोज्यौँ भने अवश्य पनि त्यो राष्ट्रका लागि उपलब्धिमूलक एवं दीर्घकालिन हुनेछ र हामीले कल्पना गरेको सुन्दर, शान्त, समृद्ध, स्वाभिमानी एवं परमवैभवपूर्ण राष्ट्र खडा हुनेछ त्यसका लागि प्रशासन, सुरक्षा, मिडिया, शिक्षक, बुद्धिजीवी एवं सम्पूर्ण नागरिकहरूको सकारात्मक सहयोग एवं प्रेरणा हामी परिषद्का सम्पूर्ण कार्यकर्तामा प्राप्त भइरहने छ र यो राष्ट्रिय एवं इश्वरीय÷पवित्र कार्यमा सबैको सहभागिता एवं सद्भाव रहिरहने छ भन्ने पूर्ण विश्वास परिषद्ले लिइरहेको छ ।
0 comments:
Post a Comment