हामी नेपाली राष्ट्र एकिकरणको समय देखि आजसम्म निरन्तर नेपालको निर्माण, लोकतन्त्रको लागि लामो समय, लाखौं नागरिकहरूको जीवन र अरबौँ पूँजि लगानी ग¥याँै, आफ्ना अघिल्ला पुस्ताहरूले गरेको सहि गलत दुबैको जिम्मेवारी पनि हामीले लिनु पर्दछ जो–जो ले जे–जे गरे पनि हामी सबै यही नेपाली माटोमा नै जन्मेका/हुर्केका केही यही माटोमा नै विलिन भए, कोही हुने व्रmममा छन् । सबैको यही प्रकृया हो तर यति लामो समय लगानी, परिश्रम, मेहनत, त्याग पछाडि पनि आज नेपालको बारे चौतारीमा हुने छलफल चियाहरूमा हुने चर्चा, युवाको बीचमा विश्वविद्यालय, क्याम्पस र स्कुलमा हुने वक्तृत्वकलाको भाषण विद्वान्हरूको विश्लेषण, योगी सन्यासीहरूको चिन्तन सबेको निष्कर्ष नेपाल प्रतिको चिन्ता, चासो, असन्तुष्टि, एक अर्का प्रतिको आलोचना नेतृत्व सँगको निरासा राम्रो सँग अनुभव गर्न सकिन्छ, आखिर किन ? आखिर नेपालको हितमा नै यति धेरै राजनीतिक दल दर्ता भएका होलान्, नेपालकै हितमा ४० हजार भन्दा बढि गैर–सरकारी संस्थाहरू दर्ता भएका होलान्, सरकारी संयन्त्र ७५ वटै जिल्लामा देखिन्छ ४६ साल पछाडि शिक्षाको क्षेत्रमा पनि प्रसस्त पँहुच बढेको देखिन्छ ।
लामो अध्ययन, चिन्तन, मनन, भ्रमण र अनुभवको आधारमा केही महत्वपूर्ण विषयहरू हामी नेपालीहरूले बुझ्नु पर्ने र सोही अनुरूप सबैले प्रयास गर्नुपर्ने देखिन्छ । बलियो र अग्लो घर बनाउन त्यसको जग त्यति नै तलसम्म बलियो हुनु पर्छ ठूलो रूखको जरा पनि धेरै तल जमिनमा र वरपर पैmलिएको हुन्छ (जस्तै वर÷पिपल) त्यस्तै समृद्ध नेपालको आधार भनेको देशका गुणवान् नागरिकहरू हुन् । हामीमा नागरिक त भए तर गुणवान् भएनन् जस्तै संस्कृत विश्व विद्यालयमा पढ्ने विद्यार्थी संस्कृत बोल्न सक्दैनन् र विषयको गहिरो जानकारी छैन, अंग्रेजी विषयमा ः।ब् गरेको विद्यार्थी राम्रो अंग्रेजी बोल्न पनि जान्दैन र त्यसमा गहिरो ज्ञान छैन, व्यवस्थापन पढेको विद्यार्थीमा व्यवस्थापकीय गुण देखिँदैन, विज्ञान पढ्ने विद्यार्थीमा घोकेर पास गर्ने प्रतिशत यति आयो भन्ने तर विज्ञानको वस्तुगत, व्यवहारिक र प्रयोगात्मक पक्ष कमजोर देखिन्छ, शिक्षकहरूमा पनि थोरै गुणहरूको कमी छ चरित्र आहार विहारमा निकै कमी देखिन्छ, चिन्तन÷दृष्टिकोण ख्ष्कष्यल र राष्ट्रप्रेम धेरै न्यून देखिन्छ । विकास र व्यवस्थापन भनेको गुणवान् नेतृत्वमा आधारित रहेको हुन्छ । सबैले भन्छन् नेपालमा प्रशस्त प्राकृतिक स्रोत र साधन छन् सदुपयोग गर्न सकिएन÷हुन सकेन र गरिएन । त्यसलाई सदुपयोग गर्न योग्य मानवस्रोत आवश्यक पर्दछ हामी देख्न सक्दछौँ नेपालकै एक व्यक्तिले पतञ्जलिमा योगपीठ मार्फत् विश्वमा आयुर्वेदको व्रmन्ति ल्याइदिए लाखौंले रोजगार पाएका छन्, देशका प्राकृतिक स्रोत र साधनहरू उचित रूपमा प्रयोग भएका छन् । हामी नेपालीहरू अब सगरमाथाको देशका नागरिक भनेर मख्ख पर्ने बेला गयो, सगरमाथा जस्तो उच्च चिन्तन र ख्ष्कष्यल को विकास आँफ”मा गर्नु आवश्यक छ, चरित्र र आफ्नो मौलिक सांस्कृतिक व्यवहारिक गुणहरूले व्यक्तिलाई आत्मविश्वासको विकास गराउँछ । त्यही आत्मविश्वासले एउटा साधारण युवाले असाधारण सिर्जनात्मक कार्य गर्न सक्दछ त्यसैले हामी सबैले आफ्ना छोराछोरीकको चारीत्रिक विकास, संस्कारयुत्त गुण र व्यवहारिक गुणहरूको विकासमा विशेष ध्यान दिनुपर्ने हुन्छ । किनकि तपाँईहरूका स–साना छोराछोरी भोलि राष्ट्रका नेतृत्वकर्ता, वैज्ञानिक, प्रोफेसर आदि इत्यादि सबै हुन् । उनिहरूकै हातमा राष्ट्रको भविष्य निर्भर रहन्छ । स्वामी विवेकानन्दले भनेका छन् – अभाव र गरीबिले ग्रस्त समाजमा सिर्जना, संस्कार र सभ्यता कल्पना गर्न गाह्रो हुन्छ । हाम्रो देशमा त्यही भएको छ हाम्रा राजनीतिज्ञ गरीबि बाट आएका छन् विचरा उसले आफ्नो परिवारलाई खुसी बनाउने नाममा देशको सम्पतिलाई गैरकानुनी रूपले भ्रष्ट्राचार गर्दछ, किनकि उसलाई विश्वास छैन भोलि के हुन्छ । ति सबै क्षेत्रमा लागु हुन्छ, प्रशासनमा कार्य गर्नेले पनि त्यही गर्दछ, सुरक्षामा कार्य गर्नेले पनि । तर हामी सबै मिलेर देशको आर्थिक विकासमा जोड दियौँ भने समग्र देशको विकास भएमा मेरो विकास स्वतः त्यही भित्र हुन्छ भन्ने ज्ञानको अभावमा व्यक्ति गलत कार्य गर्नमा प्रेरित देखिन्छ ।
अध्ययन चिन्तन र अनुभवबाट एउटा निष्कर्ष के निकाल्न सकिन्छ कि नेपालीपन र विशेषता त्यति खराब छैन, विवको कुनै कुनामा पुगेका नेपालीहरू आ–आफ्नो क्षेत्रमा सफलता प्राप्त गरेका छन् । उद्यमशील, लगनशील र नेतृत्व गुण पनि देखिन्छ तर आफ्नै देशमा किन हामी अपेक्षित परिणाम देख्न सकेका छैनौँ ? त्यसको महत्वपूर्ण कारण हामीले वातावरण दिन सकेनौँ । विद्यालय र विश्वविद्यालयमा संस्कार, व्यवहार र राष्ट्रप्रेमको कुनै पनि व्यवहारिक प्रयोग देखिँदैन र छैन पाठ्यपुस्तकहरू विदेशी पुस्ककबाट साभार गरिएको छ । नेतृत्वको विकास प्रक्रियामा गलत वातावरण, व्यवहार र प्रक्रिया हामीले दियौँ । राष्ट्रका विद्वान्हरू देश अनुकूलको नीति निर्माण भन्दा विदेशमा पढेका कुरालाई लागू गर्दा हामी अमेरिका र बेलायतको जस्तो नीति लागू गरेका छौँ भनेर मख्ख पर्दछन्् । विद्वान्हरूमा चिन्तन, अनुसन्धान र राष्ट्रिय दृष्टिकोणमा निकै कमी देखिन्छ त्यसमा राज्यको विद्वान्हरूप्रतिको योजना नहुनु र विद्वान्ले आफ्नो दायित्वलाई बिर्सनु नै हो ।
हामीले कलेज र विश्वविद्यालयको यूवाशक्तिलाई प्रेरणा दिन र उनिहरूमा आत्मविश्वास जगाउने प्रयास नै गरेका छैँनौँ । हरेक व्यक्तिलाई प्रेरणा आवश्यक हुन्छ । महाभारतको सम्पूर्ण युद्धमा सत्यलाई स्थापित गर्न सम्पूर्ण गुणहरू पाण्डवसँग हुँदा हुँदै पनि प्रेरणा पुरुष स्वयं श्रीकृष्ण हुनुहुन्थ्यो जसले आवश्यक समयमा निरन्तर पाण्डव र विशेष गरी नेतृत्व गरेका अर्जुनलाई निराश हुनबाट बचाई अगाडि बढ्ने प्रेरणा दिनुभयो जसले कार्य सफल भयो । नेपालमा उर्जावान्, राष्ट्रप्रेमी र अत्यन्तै सशक्त र असल युवाहरू देशभरका कलेल सम्पर्क र कार्यक्रममा उनहिरूको प्रस्तुतिबाट देखिन्छ । तर उनीहरूलाई दिनुपर्ने वातावरण र प्रेरणा जति आवश्यक छ त्यति हामी विद्यार्थी परिषद्बाट मात्र सम्भव छैन । सबैको सामूहिक प्रयास आवश्यक हुन्छ । ७५ जिल्लामा ७५ जना दृष्टिकोणयुक्त, चत्रिरवान्, इमान्दार र कर्मशील साथै त्यागी युवा हामीले निर्माण गर्न सक्यौँ भने त्यो शक्तिले समृद्ध नेपाल निर्माणको आधार र असल नेतृत्व निर्माणको मानव स्रोत निर्माण गर्न सकदछ । त्यसबाट देशका सम्पूर्ण आवश्यकता र नेपालीहरूका सम्पूर्ण समस्याको समाधान निकाल्ने प्रमुख आधार बन्दछ । त्यसको लागि विद्यार्थी परिषद्ले त्यस दिशामा बढाएको प्रयासमा सबैको साथ आवश्यक छ ।
अबको नेपाल समृद्ध नेपाल त्यसका लागि म आँपैmबाट उद्यमशिलता प्रारम्भ गर्दछु भन्ने प्रेरण युवा शक्तिको मनमा उत्पन्न गर्न सरोकारवालाहरूले गम्भींर भएर कार्य प्रारम्भ गर्नु आवश्यक छ । नेपाल जस्तो सानो र सुन्दर देशको विकासको लागि काठमाडौँमा बसेर गरिने सेमिनार, भाषण तर्क÷वितर्क भन्दा स्थलगत अध्ययन गरी साना–साना लघु उद्योगहरू सञ्चालन गर्ने र युवाहरूमा औद्योगिक चिन्तन र त्यसको विकास हुने र गर्ने वातावरण बनाएमा त्यसले भविष्यमा राष्ट्रमा औद्योगिकरणको लहर ल्याउन सक्दछ जसले उर्जावान् युवाहरू स्वदेशमा पनि केही गर्न सक्छौँ भन्ने आत्मविश्वासको विकास हुन्छ जसबाट लाखौँ युवाको विदेश पलायन स्वतः रोकिन पुग्दछ । व्यक्ति (Man), वस्तु (Material), रूपैंया (Money), संयन्त्र (Mechanism), व्यवस्थापन (Management), प्रेरित शक्ति (Motive Power), बजार (Market) यी विषयहरूलाई ठीक तरिकाले समन्वय पछि मात्र औद्योगिकरण र आर्थिक विकास सम्भव हुने भएकाले हामीले प्रारम्भमा यी विषयहरूको तयारी गर्न‘ आवश्यक हुन्छ । हामी नेपालीहरूले २०० वर्ष देखि राजनीति मात्र गरिरह्याँै, त्यसको अनुभव पनि ग¥यौँ, अबको समय विकासको लागि प्रयोग गराँै, आर्थिक सम्पन्नता पछाडिको राजनीतिमा आत्मगौरव हुन्छ गरीब देशको राजनीतिमा सँधै आत्मग्लानी र अरूको परनिर्भरता हुने गर्दछ, हाल त्यही भएको पनि छ । सबैले महशुस पनि गरेकै छौँ । त्यसैले अब हामी सबैको एउटै सोच, चिन्तन, प्रयास Action भनेको अबको समृद्ध नेपाल हो । त्यसका लागि एक अर्कामा विश्वास, लगनशिलता, राष्ट्रप्रेम, आहारमा शुद्धताको विकास गर्दै इमान्दारीपूर्वक नेपाल आमाको समृद्धिको निर्माणमा एउटै उद्देश्यका साथ अगाडि बढौँ त्यो दिन धेरै टाढा छैन ।
rammro kura..
ReplyDelete